काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतको अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६०२ मतसहित तेस्रो स्थानमा छन्।