कास्की । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । मत गणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार मनबहादुर गुरुङले ३ हजार ४१२ मत पाएका छन् ।
यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोरदत्त बरालले २ हजार ६२४ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २२९ र राप्रपाका सूर्यबहादुर गुरुङले १८९ मत पाएका छन् ।