logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

    अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

    3.8K
    Shares
    अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

    काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

    दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

    फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।

    अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे ।

    अष्ट्रेलियाविरुद्ध फ्रान्सले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो ।

    खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर, खेलको २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

    खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

    ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए ।

    त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकालेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend