logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलविद्युततर्फ चिलिमेले बुझायो सबैभन्दा धेरै कर

    जलविद्युततर्फ चिलिमेले बुझायो सबैभन्दा धेरै कर

    1.5K
    Shares
    जलविद्युततर्फ चिलिमेले बुझायो सबैभन्दा धेरै कर

    काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा उर्जामुलक उद्योगतर्फ सबैभन्दा धेरै कर चिलिमे जलविद्युत कम्पनी बनेको छ।

    चिलिमेका अध्यक्ष कुलमान घिसिङलाई बुधबार राष्ट्रिय कर दिवस २०७९ का अवसरमा सरकारले सम्मान गरेको हो।
    उक्त कम्पनीले वार्षिक १ अर्ब रोयलटी र एक अर्ब २३ करोड कर बुझाउँदै आएको घिसिङले. बताए। .

    ‘यो कुल दुई अर्ब ५३ करोड लागतको कम्पनी हो। यति लगानीबाट सरकारलाई वार्षिक एक अर्ब कर तिर्नु भनेको चानचुने कुरा होइन,’ घिसिङले भने।

    त्यस्तै व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर बुझाउने करदाता जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाह बनेका छन्। त्यस्तै गरी उक्त वर्ष सबैभन्दा बढी आन्तरिक राजश्व दाखिला गर्ने कम्पनी सूर्य नेपाल प्रालि बनेको छ।
    कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धिकर दाखिला गर्ने गोर्खा ब्रुअरी सम्मानित भएको छ।

    विभागले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेवपाल पुनर्बीमा कम्पनी, चिलिमे जलविद्युत कम्पनी, गोर्खा ब्रुअरीसहित १६ सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनीलाई सम्मान गरेको हो। निर्यात कारोबारतर्फ शिवशक्ति घ्यू उद्योगले सम्मान पाएको छ।

    त्यस्तै छिमेक लघुवित्त, नविल बैंक, नोवेल मेडिकल कलेज, आइएमई लिमिटेड, नेपाल धितोपत्र विनिमय बजार, हंसराज हुलासचन्द कम्पनी, मनकामना दर्शन प्रालि, ओसिबी फुड्स, राजेश मेटल क्राफ्ट प्रालि पनि सम्मानित भएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend