logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ७ अंकले घट्यो सेयरबजार, अर्बको सेयर किनबेच

    ७ अंकले घट्यो सेयरबजार, अर्बको सेयर किनबेच

    2.7K
    Shares
    ७ अंकले घट्यो सेयरबजार, अर्बको सेयर किनबेच

    काठमाडाै‌ । सेयरबजारमा आज गिरावट आएको छ। चुनावपछि बढ्ने आशा गरिए पनि सेयरबजारमा सुधार आउन नसकेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा रोकिएको छ।

    २२३ कम्पनीको १७ हजार ८ सय ७६ पटकको खरिदबिक्रीपछि १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।

    आज ५७ कम्पनीको सेयर बढे पनि १२४ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ।

    आज दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। सिभिल बैंक र घलेम्दी हाइड्रोका लगानीकर्ताले उक्त दरमा कमाएका हुन्। अन्य कम्पनीका लगानीकर्ताले ५.६ प्रतिशतसम्म कमाएका छन्।

    त्यस्तै गुमाउनेले ४.७८ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। आज सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ। बैंकको १२ करोड ७७ लाखको कारोबार भएको हो। त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोडको कारोबार भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend