logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • २ सय १२ तोला चाँदी सहित भारतीय नागरिक पक्राउ

    २ सय १२ तोला चाँदी सहित भारतीय नागरिक पक्राउ

    2.5K
    Shares

    काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाट सशस्त्र प्रहरीले मंगलबार करिव २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदी बरामद गरेको छ ।

    भारत घर बताउने ५० वर्षिय देवेन्द्र नाथ मिश्र २ सय १२ तोला चाँदी सहित पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले नियन्त्रणमा लिएको हो ।

    मिश्रलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा लगिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend