logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कतार विश्वकप: आज पनि चार खेल हुँदै

    कतार विश्वकप: आज पनि चार खेल हुँदै

    5.8K
    Shares
    कतार विश्वकप: आज पनि चार खेल हुँदै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

    कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

    पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    यस्तै दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

    विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend