logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • १ लाख राशीको सनसिल्क दसैँ भाइब्सको विजेता घोषणा

    १ लाख राशीको सनसिल्क दसैँ भाइब्सको विजेता घोषणा

    3.5K
    Shares
    १ लाख राशीको सनसिल्क दसैँ भाइब्सको विजेता घोषणा

    काठमाडौं । सनसिल्क दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा भएको छ । यस प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका हुन् ।

    प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

    यस प्रतियोगिताहरूमा आफ्नो राम्रो हेयरस्टाइल र दसैँ भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए। यी विजेताहरूको चयनको लागि नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो ।

    सनसिल्क दसैँ भाइब्स–२ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend