logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    1.2K
    SHARES
    कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।


    nmb


    यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो ।

    तर अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् । अघिल्लो हप्ता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस हप्ता बढेका बताएका हुन् ।

    यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend