logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • अनवर इब्राहिम बने मलेसियाको नयाँ प्रधानमन्त्री

    अनवर इब्राहिम बने मलेसियाको नयाँ प्रधानमन्त्री

    2.9K
    Shares
    अनवर इब्राहिम बने मलेसियाको नयाँ प्रधानमन्त्री

    काठमाडौं । अनवर इब्राहिम मलेसियाको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सन् १९९० को दशकमा प्रधानमन्त्री पदका लागि तयार हुँदा अचानक बर्खास्तीमा परेर जेलमा पुगेका अनवरको यो महत्वपूर्ण पुनरागमन हो ।

    अनवरको पाकतन हारापान (पीएच)गठबन्धनले सप्ताहन्तको चुनावमा सबैभन्दा बढी सिट तिजेको छ । तर कुनै पनि पार्टी वा गठबन्धनले सरकार गठन गर्न आवश्यक ११२ सीटको संसदीय बहुमत भने पाएनन् ।

    पीएच र पूर्व प्रधानमन्त्री मुहिद्दिन यासिनको नेतृत्वमा दोस्रो सबैभन्दा बढी सिट जित्ने प्रतिद्वन्द्वी रूढिवादी मलाय मुस्लिम पेरिकटन नेसनल (पीएन) दुबैले सरकार गठन प्रक्रिया अघि सारेका हुन् ।

    कुनै पनि सफलता हासिल गर्न नसकेपछि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले अनवर र मुहिद्दीनका साथै संसदका नवनिर्वाचित सदस्यहरूलाई भेटेर नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने बारे आफ्नो विचार व्यक्त गरेका थिए।

    बिहीबार शाही परिवारको बैठक पछि राजाले अनवरलाई प्रधानमन्त्री घोषित गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend