logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब माओवादीको विघटन कि वाम एकता ?

    अब माओवादीको विघटन कि वाम एकता ?

    12.5K
    Shares
    अब माओवादीको  विघटन कि वाम एकता ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अपेक्षित नतिजा हासील गर्न सकेन । माओवादीका शिर्ष नेताहरु धेरै स्थानमा पराजित भए। चुनावी अन्तिम नतिजा आउँदासम्म माओबादी तेस्रो पार्टी समेत रहन्छ कि रहन्न भन्ने प्रश्न प्रधान बन्न थालेको छ ।

    बहालवाला मन्त्री पम्फा भुषाल ललितपुर ३ बाट, पुर्वसभामुख ओनसरी घर्ति मगर काठमाडौं २ बाट, माओवादीका महासचिव देव गुरुङ लमजुङ, बाबुराम भट्टराई पुत्री मानुषीयमी भट्टराई काठमाडौं ७ बाट पराजयको नमिठो स्वाद बेहोर्नुपर्यो।

    ०६४ को निर्वाचनमा बहुमत सहित सबैभन्दा ठुलो दल बनेको पार्टी त्यसपछिका निर्वाचनमा निरन्तर ओरालो लागेर रक्षात्मक अवस्थामा पुगिसकेको छ। कुनै समय जनतामा देखिएको माओवादी प्रतिको आकर्षण बिस्तारै वितिष्णामा परिणत हुँदै गएको मात्र छैन शिर्ष नेतृत्वलाई समेत कसैको बुई नचढी निर्वाचन जित्न सकिन्न भन्ने अनुभूति भैसकेको छ।

    सत्ताको चाबी हातमा बोकेर पटकपटक त्यसको दुरुपयोग गरेको, राष्ट्र्रहितका मुद्धामा अडान राख्न नसकेको, आन्तरिक लोकतन्त्र प्रति बेवास्ता गरेको, परिवारिक मोहमा लिप्त रहेको, भ्रष्टाचार र सुशासन कायम गर्न भन्दा त्यसलाई बढवा दिन अग्रसर रहेको जस्ता प्रश्न सबैभन्दा धेरै पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि नै छन्।

    लोकतान्त्रिक गणतन्त्रको संस्थापक ठान्ने माओवादी ६ महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीसंग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेपछि वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले त्यसको अपजप कांग्रेसमाथि खनाए।

    कांग्रेसले आफुहरुसंग गठबन्धन गरेर आफ्ना उम्मेदवार नभएको ठाउँमा घण्टी लगाएत अन्य पार्टीलाई मत दिएर गठबन्धनमाथि विश्वासघात गरेको टिप्पणी गरे ।

    कांग्रेसका उम्मेदवार भएको ठाउँमा कांग्रेसले जित्नु तर कांग्रेसको बाक्लो मतदाता रहेको ठाँउमा माओवादीका उम्मेदवारले हार्दा त्यसको दोष कांग्रेसलाई लगाए तर जनताले किन माओवादी रोजेनन् वा हाम्रा कमोजोरी केही रहेकी भन्ने तर्फ विश्लेषण गर्न उचित ठानेनन् ।

    द्वन्दकालदेखि नै काङ्ग्रेस र माओवादीको सम्बन्ध राम्रो थिएन। माओवादीले कांग्रेस कार्यकर्तामाथि छानीछानी ज्यादतीपूर्ण अमानवीय व्यवहार गर्यो । शिर्ष तहमा नेताहरु मिलेपनि कार्यकर्तामा माओवादीसंग कांग्रेसको भावनात्मक एकता हुन् सकेन फलस्वरूप काग्रेसका धेरै कार्यकर्ताले आफ्ना उम्मेदवार नभएका ठाउँमा नयाँ पार्टी रोजे र कांग्रेस माओवादी गठबन्धन अपेक्षित सफल बन्न सकेन।

    त्यस्तै एमालेबाट अलग्गिएर बनेको गठबन्धनको एउटा घटक एकिकृत समाजवादी पार्टी राष्ट्रिय समेत नबन्ने छनक देखिन थालेको छ। दुई पूर्बप्रधानमन्त्री रहेको सो पार्टी र माओवादीको हारले कम्युनिष्ट एकताको बिषय फेरी चर्चामा आएको छ। त्यसको सुरुवात माओवादीका महासचिव देब गुरुङले गरेका छन्। आफ्ना बिजेता पृथ्बीसुब्बा गुरुङलाई बधाई दिदै उनले भने कम्युनिष्ट एकताको लागि पहल गर्नुस्।

    वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन तथा मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट जनताले परिवर्तन खोजेको स्पष्ट संकेत दिएका छन् । नाम चलेका ठुला दलका ठुला नेताहरु हराएर यसपाली जनताले नयाँ अनुहारलाई संसदमा पठाएका छन् । शिर्ष दलहरुले देशको विकासमा चासो नलिने र भ्रष्टाचारमा मुछिने नेपाली राजनीतिको गलत परम्परालाई तोड्ने आशामा यसपाली नयाँ अनुहारलाई संसदमा चुनेर पठाएका छन् । यो निर्वाचनले ठुला दलहरुलाई सुध्रिनका लागि गतिलो सन्देश दिएको छ । यदि स्थापित ठुला दलहरु सुध्रिएनन् भने ५ वर्षपछिको निर्वाचनमा उनीहरु ध्वस्त हुने निश्चित नै छ।

    त्यसअघि माओवादीको बिघटन हुन्छ वा वाम एकतामा जान्छ त्यो भने हेर्न बाँकी छ ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend