logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

    धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

    7.1K
    Shares
    धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

    धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।

    जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेर पराजित भए ।

    जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend