logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बाजुरा, स्याङ्जा र दोलखाका तीन क्षेत्रको मतगणना हुन बाँकी

    बाजुरा, स्याङ्जा र दोलखाका तीन क्षेत्रको मतगणना हुन बाँकी

    4.9K
    Shares
    बाजुरा, स्याङ्जा र दोलखाका तीन क्षेत्रको मतगणना हुन बाँकी

    काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ ।

    आयोगका अनुसार हालसम्म ५६ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा एमाले १४, नेकपा माओवादी केन्द्र छ, नेकपा (एकीकृत समाजवादी) ५, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend