logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • खेलकुदमन्त्रीलाई पराजित गर्दै बाँके क्षेत्र नं १ बाट एमालेका सूर्य ढकाल विजयी

    खेलकुदमन्त्रीलाई पराजित गर्दै बाँके क्षेत्र नं १ बाट एमालेका सूर्य ढकाल विजयी

    6.7K
    Shares
    खेलकुदमन्त्रीलाई पराजित गर्दै बाँके क्षेत्र नं १ बाट एमालेका सूर्य ढकाल विजयी

    नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन्। उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।

    लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरे । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

    जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend