logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    महोत्तरी– २ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

    महोत्तरी– २ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

    4.1K
    Shares
    महोत्तरी– २ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

    भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए । यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८ , जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाए ।

    ४१ वर्षदेखि संसदीय राजनीतिको दौडमा रहेका भण्डारीले ६ पटक चुनाव जित्न सफल भएका छन् । २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भण्डारीले २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका थिए । २०५६ मा कांग्रेस र २०६४ मा मधेसी जनअधिकार फोरमबाट महोत्तरी – ४ बाट उनी निर्वाचित भएका थिए ।

    ०७४ को चुनावमा उनी तत्कालीन राजपाबाट महोत्तरी– २ बाट निर्वाचित भए । २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend