logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    कालीकोटमा म्यादीको बिदाइ

    कालीकोटमा म्यादीको बिदाइ

    3.5K
    Shares
    कालीकोटमा म्यादीको बिदाइ

    कालीकोट । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। कालीकोट जिल्लाका १२४ मतदान केन्द्रको सुरक्षाका लागि भर्ना भएका एक हजार २५ जना म्यादी प्रहरीलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले म्यादी प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि राज्यले तोकेको ठाउँमा सहभागी भएर समाजमा योगदान गर्न सुझाव दिए । जिल्लाका सबै मतदान केन्द्रमा म्यादी प्रहरीले दिएको सुरक्षाकै कारण निर्वाचन सफल भएको भन्दै उनले आगामी दिनको सफलताको कामना गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend