logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुवासको भोट घट‍्दै, डम्बरले जित्ने सम्भावना बढ्दै

    सुवासको भोट घट‍्दै, डम्बरले जित्ने सम्भावना बढ्दै

    8.8K
    Shares
    सुवासको भोट घट‍्दै, डम्बरले जित्ने सम्भावना बढ्दै

    इलाम । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ क्रमिक रुपले मतगणनामा पछि परेका छन् । इलाम क्षेत्र नम्बर २ मा १८ सय मतान्तरले अगाडि रहेका नेम्वाङ पछिल्लो मतपरिणाम अनुसार ११३ मतले मात्र अगाडि रहेका छन् ।

    कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले इलाम नगरपालिकाको वडा नम्बर ४ र ५ को मतगणना हुदा धेरै मत घटाएका हुन् ।

    अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ को मतगणना हुन बाँकी छ ।

    एमालेका उम्मेदवार नेम्वाङ २७ हजार ६८६ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार खड्का २७ हजार ८१९ मतका साथ पछ्याइ रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend