logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आजदेखि भृकुटीमण्डपमा लाग्यो इभी नेपाल एक्स्पो मेला

    आजदेखि भृकुटीमण्डपमा लाग्यो इभी नेपाल एक्स्पो मेला

    4.3K
    Shares

    काठमाडौं । आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म जारी रहनेछ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो ।

    प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन् । नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पु¥याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    एक्स्पोमा ५०० भन्दा धेरै ब्राण्ड राखिएको छ भने विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

    एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फ्युचरले सहकार्य गरेका छन् ।

    यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि सहयोग पु¥याउने आयोजकले विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend