काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा गण्डकी प्रदेश सभाका निर्विरोध निर्वाचित सदस्य दिपक मनाङे (राजीव गुरुङ)ले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेकपा एस प्रवेशबारे प्रष्ट पार्ने भएका हुन् ।
दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मनाङेले कम्युनिष्ट आन्दोलनमा आफ्नो सहभागिताका बारेमा प्रष्ट पार्ने भएका हुन् । दोस्रोपटक स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट निर्वाचित मनाङे अब भने नेकपा एसको गण्डकी प्रदेश सभा संसदीय दलको नेताको भूमिकामा रहनेछन् ।