दमक । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अहिले आफुलाई कुनै केही पदको लोभ नभएको बताएका छन् । उनले अवसर र प्रधानमन्त्री पटकपटक आफैँले पाउनुपर्छ भन्ने प्रवृत्ति ठिक नभएको भन्दै यसको विपक्षमा आफू रहेको स्पष्ट पारे ।
झापाको धुलाबारीमा मंगलबार भएको अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
‘‘अहिले मलाई कुनै मन्त्री वा केही पदको लोभ छैन’’, शर्माले भने । उनले आफू कुनै पदमा जाने वा नजाने ठूलो कुरा नभएको प्रष्ट पारे । ‘‘एकदिन म प्रधानमन्त्री बनेर यस क्षेत्रले गर्व गर्ने अवस्था सिर्जना गर्छु’’, शर्माले भने । अहिले पनि धेरैले मलाई मन्त्री बन्नका लागि प्रस्ताव तथा जिज्ञासा राखेको भन्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताएका छन् । जनचाहना बुझेर अघि बढ्नु पर्ने उनले बताए ।