logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • वडाबाट योजना सम्झौता गर्दै सिञ्जा गाउँपालिका

    वडाबाट योजना सम्झौता गर्दै सिञ्जा गाउँपालिका

    6.3K
    Shares
    वडाबाट योजना सम्झौता गर्दै सिञ्जा गाउँपालिका

    जुम्ला । सिञ्जा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ । पालिकाको नेतृत्व निर्माणका अभ्यासस्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

    उपझोक्ता समितिलाई सुशासन कायम गर्न क्रियाशील, सिर्जनशील बनाई वडामै पुगेर प्राविधिक कर्मचारीदेखि प्रशासन शाखाका सबै कर्मचारी योजना सम्झौतामा लागिपरेको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए । पालिकामा योजना मात्र सम्झौता गर्नका लागि आउन यहाँका कतिपय वडा धेरै टाढा रहेका छन् ।

    उनले भने, “गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा कागजात अपुग हुने र उपभोक्तालाई खानबस्न समस्या हुने भएकाले पालिका छवटै वडामा पुगेर योजनाको सम्झौता गरिएको छ ।” स्थानीयवासीलाई पालिकासम्म योजना सम्झौता गर्न आउँदा खर्चिलो हुने भएकाले वडामै पुगेर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाहरुको सम्झौता गर्नेदेखि समयमै योजना निर्माण गरी स्थानीयको मागअनुसार काम गरिने वडा नं २ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिए ।

    स्थानीयको जीवन र जीविकासँग सिधै पहुँच पु¥याउनका लागि पालिकाले वडास्तरबाट योजना सम्झौता गरेको उनले बताए । एकै दिनमा सकिने काम गाउँपालिकामा आउँदा तीनदेखि चार दिन समय लाग्ने गरेको थियो । अहिले वडामै योजना सम्झौता हँुदा निकै राहत मिलेको कालिका कालासिनी देवार मन्दिर उपझोक्ता समितिका अध्यक्ष रन्नलाल उपाध्यायले बताए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको टोली वडामै पुगेर योजना सम्झौतासँगै बैंकको खाता खोल्नसमेत वडामै हुदाँ यहाँका उपझोता समितिदेखि नागरिकलाई सेवा प्रवाह सहज भएको चुलेलगाउँ सडक स्तर वृद्धि उपझोक्ता समितिका सचिव जोवना आचार्यले बताए ।

    पालिकाबाट प्रदान गरिने सेवाबाहेक अन्य विकास निर्माण योजनाका सम्झौताका काम र अन्य सेवा प्रवाह गाउँ केन्द्रित हुने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। गाउँबाट सेवा पाएपछि सिञ्जाका स्थानीयलाई राहत मिलेको गाउँपालिकाका योजना शाखाप्रमुख पदम भण्डारीले जानकारी दिए । ज्येष्ठ नागरिक घरदैलो निःशुल्क उपचारसमेत गाउँमै पुगेर सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend