logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • सुनसरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    सुनसरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    2.8K
    Shares
    सुनसरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    सुनसरी । १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ ।

    उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

    उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।
    -न्युन कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend