logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

    सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

    1.9K
    Shares
    सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् । बिहीवार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् ।

    उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताए । उनले सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए । उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए । उनले भने – ‘मानव अधिकार उल्लंघनका घटनाहरु रोकिएका छैनन् । जनताले सम्पूर्ण मानव अधिकार पाएको महशुस गर्न सकिरहेको अनुभुति हुँदैन । मानव अधिकार सबैका लागि हो । र वास्तविक अर्थमा मानव अधिकार आवाज बिहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडी पारेका जाति र वर्गहरुका लागि हो । मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतीका लागि हो । जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिवी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन । यि सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ । मानव अधिकारका प्रत्याभुतिका लागि कानूनी व्यवस्थाहरुको पूर्ण लागू गर्न आवश्यक छ । म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले भने– ‘निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ । ति सरकारहरुले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रहरुमा, सुशासनका क्षेत्रहरुमा राम्रो काम गर्ने छन् भन्नेकुरा पनि म विश्वास लिएको छु । अर्थात् सुशासनका क्षेत्रमा पक्कैपनि आजका दिनभन्दा आगामी दिनहरु अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगती हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ ।’

    उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend