logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारणसभा आज

    ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारणसभा आज

    2.3K
    Shares
    ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारणसभा आज

    काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले साधारणसभा आज गर्दैछन् । यी दुबै बैंक मर्जरमा जाँदैछन् । मर्जरकै विषयमा छलफलको लागि साधारण सभा बोलाएका हुन् ।

    ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्दैछन् भने बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु गर्दैछन् ।

    साधरणसभाले सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् ।

    सभावमा दुबै बैंक मर्जमा गएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने, दुवै बैंकको लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुँदैछ ।

    ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २० गतेदेखि सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend