logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएः धर्मेन्द्र बाँस्तोला

    संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएः धर्मेन्द्र बाँस्तोला

    2.7K
    Shares
    संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएः धर्मेन्द्र बाँस्तोला

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् ।

    उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए । संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको बताए ।

    उनले भने– ‘अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्दान्त, राजनीतिमाथि वकालत गर्ने काम संसदवादीहरुले गरे । निर्लज्ज, भद्दा तरिकाले संसारमा कहीँ नभएको नांगो नाच कुनै अनैतिक प्रकारको चाहे त्यो केपीको सन्दर्भमा होस् । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकार फुटाएर तीन टुक्रा पार्ने केपी ओली, हार गुहार गर्ने केपी ओली होस् । या सत्ता पाएन भनेर सरकारमा भएको पार्टीलाई फुटाएर अलग्गै गर्ने प्रचण्ड होउन् । र त्यसको निम्ति साम्राज्यवादीहरु सँग हारगुहार गर्ने यि सबै सर्वहारावादी नीति, जनपक्षिय नीतिबाट उनीहरु च्युत भएका थिए । उनीहरुले नेपाली जनताको सेवा गर्नुपथ्र्यो । समाजवादी सिद्धान्तको सेवा गर्नुपथ्र्यो । उनीहरुले विज्ञानको सेवा गर्नुपथ्र्यो । उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने । फाइदाको निम्ति गोकुल बाँस्कोटाजस्तो नाङ्गै प्रकारको भ्रष्टाचार गर्नेलाई च्याप्ने । ट्याङ्कीमा पैसा लुकाउनेहरुलाई च्यापेर बस्ने यस्तो प्रकारको भ्रष्टिकरणका बिरुद्ध नेपाली जनताले कारबाही गरेको छ । र यो प्रणाली रहिराख्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जानेवाला छन् भोलि । चाहे त्यो केपी होस् । चाहे त्यो प्रचण्ड होस् । चाहे कुनैपनि व्यक्ति किन नहुन् । संसदवाद, प्रतिक्रियावाद उसले आफ्नो प्रकारको राज्य प्रणाली चाहन्छ । समाजवादी प्रकारको चाहँदैन ।’

    उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे । नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा दखाउने कोशिस गरिएको उल्लेख गरे ।

    उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend