logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बाराही हाइड्रोपावरको आईपीओमा ६ लाख बढी आवेदन

    बाराही हाइड्रोपावरको आईपीओमा ६ लाख बढी आवेदन

    2.7K
    Shares
    बाराही हाइड्रोपावरको आईपीओमा ६ लाख बढी आवेदन

    काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडको आईपीओमा ६ लाख बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार २ बजे सम्ममा ६ लाख २१ हजार ३८ जना आवेदकले ७२ लाख २७ हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणको लागि निष्कासन गरिएकोमा कित्तालाई आधार मान्दा १४.०२ गुणा बढी आवेदन परेको हो ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा मंसिर २१ गते देखि सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो । ।

    सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो शेयर मङ्सिर २६ गतेसम्म विक्रीमा रहनेछ ।

    ्आवेदकले यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

    विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend