logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

    नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

    2.4K
    Shares
    नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो ।

    शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

    तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए । यस्तै खेलको ९० मिनेटको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए ।

    अर्जेन्टिनाको सेमिफानलमा अब क्रोएसियासँग प्रतिस्पर्धा हुने भएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend