logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

    अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

    3.9K
    Shares
    अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

    काठमाडौ । तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठुलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो ।

    उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने । पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।

    मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानुन र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर (३२ माईल) उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend