logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • हस्तकला मेला सम्पन्नः ५० हजारले अवलोकन, १० करोडको कारोबार

    हस्तकला मेला सम्पन्नः ५० हजारले अवलोकन, १० करोडको कारोबार

    2.9K
    Shares
    हस्तकला मेला सम्पन्नः ५० हजारले अवलोकन, १० करोडको कारोबार

    काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् ।

    मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए ।

    मेलाको गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी थिइन् । मंगलबार मेला तथा प्रतियोगिताको अन्तिम दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ठ व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरे ।

    मन्त्री बडुले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धिः मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिका माध्यम भएको धारणा राखे । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै व्यवसायीहरुसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरेका छन् ।

    मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरुले अवलोकन गर्दै कलाकारको हौसला बढाएका छन् ।

    यस्तै, मेलामा १० ज्येष्ठ कलाकारलाई औषधिउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकाल देखि हालसम्म बहालवाला जेष्ठ ५० जना सदस्यहरुलार्ई पनि सम्मान गरिएको थियो ।

    कोभिड महाामारीपछि हस्तकला व्यवसाय संकटमा परे पनि मेलाले कलाकार र व्यवसायीहरुलाई पुनर्जागरण गरेको महासंघ अध्यक्ष शाक्य बताउँछन् । उनका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ ।

    सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरीदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह हुनसक्ने उनको भनाइ छ ।

    प्रतियोगितामा तुलाधर र श्रेष्ठ प्रथम
    हस्तकला प्रतियोगिता अन्तर्गत मानव मुखाकृत गरुड अर्थात बण्टेजको मुर्ती निर्माण विधामा कलाकार दिपकराज तुलाधर प्रथम भएका छन् भने रुपेश बज्राचार्य र मनोज शाक्य क्रमशः दोस्रो र तेस्रो भए । यस्तै, हस्तकला मफलर डिजाइनतर्फ चण्डेश्वरी श्रेष्ठ प्रथम भइन भने चैत्यदेवी डंगोल र गीता पुटुवारले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

    दुवै विधामा प्रथम हुने कलाकारले नगद ५० हजारसहित प्रमाणपत्र र दोस्रो तथा तेस्रो हुनेले नगद ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत कलाकार पुरस्कृत व्यक्तित्वहरुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणा तथा महासंघ अध्यक्ष प्रचण्ड शाक्य लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend