हुम्ला । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो।
तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहोराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पती नेपालगन्ज भर्न लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ।
उनीजस्ता यात्रु दुई सयभन्दा छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगन्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो।