काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ५ देखि ७ जनाको मन्त्रिपरिषद् आज गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा यस्तो बताएका हुन् ।
बैठकबाट बाहिरिने क्रममा उनले भने, “आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।”
उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे ।