logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पुस १० गतेको घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सहमहामन्त्री परियार

    पुस १० गतेको घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सहमहामन्त्री परियार

    1.1K
    Shares
    पुस १० गतेको घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सहमहामन्त्री परियार

    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा काँग्रेसीहरुले लिन नमिल्ने बताएका छन् । बुधवार काँग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए ।

    उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताउनु भयो । उहाँले केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए । उनले संस्थापन इतर पक्षको बैठकमा पुस १० गतेको राजनीतिक घटनाक्रम समसामयिक राजनीतिको विषयमा छलफल भएको बताए । उनले बैठकमा विशेष महाविधेशन बोलाउने कुरामा छलफल नभएको पनि स्पष्ट पारे । उनले केन्द्रिय कार्यसमितिको बैठकमा काँग्रेसका पार्टीले देशभरका जनताको भरोसालाई निराशामा पैदा गरेको बारेमा पनि छलफल हुने बताए ।

    उनले भने, ‘आजको छलफलमा पुस १० गतेको घटना सामान्य घटना होइन । नेपाली काँग्रेसको विषयमा कुरा गरेका छौँ । हामीले धेरै ठूलो तात्विक असर गर्छ । राजनीतिक रुपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन । केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो । अहिले नै हामीले विशेष महाधिवेशन बोलाउने कुरा विविध विषयको बारेमा छलफल भएको छैन । केन्द्रिय कार्यसमितिका साथीहरुको भेलामा देशभरमा निराशा पैदा भएकोबारे गम्भीर छलफल गर्नेछौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend