logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा गठबन्धन भंग भयो : अध्यक्ष नेपाल

    राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा गठबन्धन भंग भयो : अध्यक्ष नेपाल

    2K
    Shares
    राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा गठबन्धन भंग भयो : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

    बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए । उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

    बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने÷नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

    यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend