काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रश्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका छन् ।
शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारीक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रश्ताव नगरेको बताए । उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पारे । उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए । उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पन िबताए । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताए ।
उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्युरोको बैठकसम्म छलफल पुग्ने बताए । स्थायी कमिटीको बैठक अहिले पनि पार्टी केन्द्रिय कार्यालयमा जारी रहेको छ ।