logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी, उपनेतामा आचार्य

    एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी, उपनेतामा आचार्य

    2.5K
    Shares
    एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी, उपनेतामा आचार्य

    दाङ । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी र उप नेतामा चेतनाराण आचार्य चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरी र आचार्यलाई दलको नेता/उपनेता चयन गरेको हो ।

    रुपन्देहीको क्षेत्र नम्बर २ (१) बाट लुम्बिनी प्रदेशसभामा दोस्रो पटक निर्वाचित गिरीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए। उनी एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज हुन् ।

    यसैगरी आचार्य अर्घाखाँचीको  प्रदेश सभा (१)बाट निर्वाचित सांसद हुन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।  संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend