काठमाडौं । काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।
पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।
जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन् ।
कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । उनले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।