काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आज मङ्गलवारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।
लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६र२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई–दुई विकेट लिए ।
यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायो ।