logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैनः अध्यक्ष हुमागाईं

    बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैनः अध्यक्ष हुमागाईं

    1.3K
    Shares
    बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैनः अध्यक्ष हुमागाईं

    काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताएका छन् । अहिलेको सञ्चारमाध्यमको चामलाई बजार बिस्तार बिना धान्न नसकिने भन्दै विज्ञापनको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सबैले सोच्न जरुरी रहेको बताए । बिहीवार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले विज्ञापन बोर्डले विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्ने एउटा मात्रै उद्देश्य लिएको बताए । उनले विज्ञापन बोर्ड स्वायत्त निकाय भएकाले स्वायत्तता छैन भन्न नमिल्ने बताए ।

    उनले भने, ‘हाम्रो एउटै उद्देश्य छ, विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्नेमा छौँ । विज्ञापन बोर्ड स्वायत्त निकाय हो । यो स्वायत्ततामा पनि निजी क्षेत्रबाट ५ जना, सरकारबाट ३ जना र विज्ञापन बोर्डको अध्यक्षको नियुक्ति प्रतिष्पर्धाबाट हो । ऐनले पनि हामीलाई स्वायत्तता प्रदान गरेको छ । ऐनमा केही अपुग विषयहरु छन् भने राष्ट्रिय नीतिमार्फत हामी त्यसलाई पनि संशोधन गरेर अघि बढाउेन तयारी छौँ । आचारसंहीताको विषय छ । आचारसंहीता कार्यान्वयनको चरणमा प्रवेश गर्नलाई अझै हामीले तयारीको चरणमा छौँ । बजार बिस्तार बिना अब पनि विज्ञापन व्यवसाय चल्दैन । अहिलेको सञ्चारमाध्यमको चापलाई यसले धान्न सक्दैन । यसको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सोच राख्नेछौँ ।’

    अध्यक्ष हुमागाईंले विज्ञापन ऐनमा अपुग भएका कुराहरुलाई राष्ट्रिय नीतिमार्फत समेटेर अघि बढ्ने निर्णय बोर्डबाट भइसकेको र त्यसका लागि बोर्डले तयारी गरिरहेको बताए । उनले विज्ञापन आचारसंहीता कार्यान्वयनका लागि बोर्ड अझैपनि तयारीको चरणमा रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend