logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राखेप सदस्य सचिवसँग आईसिसि प्रतिनिधिको भेट

    राखेप सदस्य सचिवसँग आईसिसि प्रतिनिधिको भेट

    1.5K
    Shares
    राखेप सदस्य सचिवसँग आईसिसि प्रतिनिधिको भेट

    काठमाडौं । राधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसि प्रतिनिधिले बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।

    बुधवार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोभैm कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागि टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

    टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो । यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट नगरेको क्यान स्रोतले जानकारी दियो । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।

    विवाद सतहमा आएपछि राखेपले बुधवार सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसिसि प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend