logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

    सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

    4.4K
    Shares
    सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

    सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको विमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम र रु ५० लाख र किरिया खर्च बापतको रु ५० हजार गरि एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिइन् ।

    उनका अनुसार, २० बर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक बर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गरेका थिए भने एक बर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भने ।
    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend