logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको हो : अध्यक्ष ओली

    नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको हो : अध्यक्ष ओली

    1.7K
    Shares
    नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको हो : अध्यक्ष ओली

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरुलाई उनले सचेत गराए ।

    शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहो¥याए । अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे ।

    उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे । ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए ।

    उनले भने, ‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्री माथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ । २६ गते सबै साथीहरु कुनै बट, इफ हँुँदैन । त्यो एकदमै बुझ्न जरुरी छ । हरेक साथीहरु भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन, जहाँ एक मिनेट ढिला गर्न हुन्न । २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरुमा एक मिनेट पनि ढिला हुनुहुन्न । समय भित्रै आउने र विश्वासको मत दिने काम गर्नु पर्छ । मैले अघि नै भयो–यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाईड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् ।

    हामी त्यो चाहन्छौं । त्यसकारण पर्सी २६ गते प्रतिनिधिसभाका सदस्य साथीहरु प्रतिनिधिसभामा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधिसभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ । यस काममा हामी केन्द्रित छौं । अहिले असफल पार्ने प्रयास बेस्सरी भईरहेका छन । नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नु भयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो । उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनु भएको अहिले । पार्टीहरुमा बाडिरहनु भएको छ प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । यो संविधानको धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६ (३) अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६ (२)को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ । उहाँहरुको धन्दा अव पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ । यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो । अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ ।

    विश्वासको मत पाएन भने यस्तो अवस्था आउँछ । यत्तिको राजनीति गरिरहेका अहिलेका दलहरु सभापतिहरुले त्यति संविधानको धारा नपढेको, त्यत्तिको नबुझेको छैनन् । नेपाली काँग्रेसले हामीलाई थाङनामा सुताउन खोज्छ । आउन यहाँ बसेर छलफल गरौं । ५ बजाऔं । त्यति भएपछि म प्रधानमन्त्री भईहाल्छु । अरु हेरेको हे¥र्यै गरौला न भनेर हामीलाई त छक्काउछ । छकाउन खोज्छ भने सबैतिर उसको धन्दा त्यही हो । हामी यस्तो कुरामा अल्झिनेवाल नै छैनौं । हामीले त अहिले नेपालीले जुन सरकार बनाएका छौं । त्यो सरकार सफल र प्रभावकारी बनाउनु छ । त्यस धन्दा हामी जान्छौं । त्यो प्रभावकारी बनाउन हामीले नेतृत्व गर्नु पर्छ । ’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend