logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

    टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

    3.1K
    Shares
    टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

    काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

    नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

    नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।

    छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend