logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विपद् न्युनिकरणका लागि तीन तहकै सरकारले बाहना बनाएर उम्किने छुट छैनः उपमहासचिव तुलाधर

    विपद् न्युनिकरणका लागि तीन तहकै सरकारले बाहना बनाएर उम्किने छुट छैनः उपमहासचिव तुलाधर

    1.5K
    Shares
    विपद् न्युनिकरणका लागि तीन तहकै सरकारले बाहना बनाएर उम्किने छुट छैनः उपमहासचिव तुलाधर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताएका छन् । बुधवार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. तुलाधरले यस्तो बताएका हुन् ।

    उनले नननिर्वाचित सांसदहरुले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले विपद् जोखिम न्युनिकरणका लागि विज्ञहरुसँग् आवश्यक परामर्श गरेर मात्रै विकास निर्माण गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको भन्दै प्रकृतिलाई मासेर भइरहेको डोजर आतंक तत्काल बन्द हुनुपर्ने बताए । उनले नेता, सांसद र मन्त्रीहरुले नै विपद् जोखिम न्युनिकरणका लागि आफ्नोआफ्नो क्षेत्रमा विज्ञहरुको सल्लाहबमोजिम मात्रै विकास निर्माणका गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिए । उनले आगमी दिनमा सरकारले जोखिम स्थानको पहिचान गरी वैज्ञानिक, भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरुको सुझावका आधारमा विकास निर्माणलाई अघि बढाउन नसक्ने हो भने देशले विपद्को ठूलो दुर्घटना भोग्नुपर्ने चेतावनी दिए । उनले संसदमा विपद् जोखिम न्युनिकरणका लागि कुरा उठाउँदा अर्को निर्वाचनमा हारिन्छ की भन्ने डरले त्रस्त हुन आवश्यक नरहेको बताए ।

    उनले भने, ‘म मान्यज्युहरुलाई भन्छु, हामी सबै जान्दछौँ भनेर घमण्ड नगर्नुहोला । अहिले त नयाँ छौँ तर केही दिनपछि घमण्ड बढ्दै जान्छ । केही दिनपछि घमण्ड जाग्नसक्छ । पहिला त्यही भएको थियो । हामीसँग कुनै घमण्ड, दम्भ होइन हामीले विज्ञहरुको सल्लाह लिनुपर्छ । विज्ञानमा आधारित जोखिम संवेदनशील विकासका क्रियाकलाप गर्नुपर्छ । कमसेकम डोजर आतंक तत्काल बन्द हुनुपर्छ । पश्चिमतिर जाँदा अहिले छपक्कै पहेँले किरा देख्छु म । पहेँलो किरा भनेको अरु केही होइन, त्यो डोजर हो । पाखैभरी डोजर कुदेका हुन्छन् । डोजरमा रहेको ड्राइभरले कहिलेकाहीँ मन्त्री, सांसदले भनेको मान्दैन । अटेर गर्छ । त्यस्ता घटनाहरु विगतमा भएका छन् । डोजर ड्राइभरसँग वैज्ञानिकहरु पनि हुनुपर्छ । भूगर्भविद्हरु हुनुपर्छ । समाजशास्त्रीहरु हुनुपर्छ । विपद् व्यवस्थापन विज्ञहरु हुनुपर्छ । कुन ठाउँमा कसरी बाटो लैजाने भन्ने उहाँहरुको सल्लाह अनुसार लैजानुपर्छ । विकासको नाममा जुन गरिएको छ, त्यसले हजारौँ मानिस मारिएको छ । यो कुरा सांसदले संसदमा उठाउनुपर्छ । यस्ता कुरा बोल्दा हारिएछ भने पनि हार्न तयार हुनुपर्छ । यी सबैकुरा राम्रो हुँदा विपद्का घटनाहरु कम हुँदै जानेछन् ।’

    उपमहासचिव तुलाधरले विकास निर्माणसँगै विपद् न्युनिकरण गर्ने कुरामा कसैले पनि बहानाबाजी गरेर उम्किन नपाउने बताए । उनले अहिले सरकारसँग आवश्यक कानून, नीति, नियम र फण्डिङ रहेको भन्दै आवश्यक अध्ययन गरेर मात्रै अघि बढ्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझावदिए । उनले वर्तमान सरकारको न्युनतम साझा कार्यक्रममा समेत विपद् जोखिम न्युनिकरणको विषयलाई मुख्य प्राथमिकता बनाइएको भन्दै खुशी व्यक्त गरे । उनले संघीयता अनुसारको अधिकार र जिम्मेवारी सबै निकायलाई दिएर विपद् न्युनिकरणका लागि आवश्यक काम गर्न जरुरी रहेको बताए । उनले स्थानीय सरकारले साधन, श्रोत नभएको गुनासो र आर्थिक श्रोतको पनि अभाव भएको गुनासो गरिरहेको भन्दै सबैलाई अधिकार दिइसकेकाले अब भने कसैलाई पनि त्यस्ता कुरा गरेर उम्किने छुट नरहेको स्पष्ट पारे ।

    उनले भने, ‘अब हामीले बहानाबाजी गर्ने ठाउँ छैन । हामीसँग पर्याप्त कानून छन् । संविधान छ, कानून, नीति, नियम, फण्डिङ सबैकुरा छ । अब पनि बहानाबाजी गर्ने छुट हामीलाई छैन । अहिलेको सरकारको साझा न्युनतम कार्यक्रम भित्र एकदम ठूलो प्राथमिकताकासाथ विपद् जोखिम न्युनिकरणलाई राख्नुभएको छ । त्यसमा ध्यान दिनुहुनेछ भन्ने विश्वास छ । संघीयता अनुसारको अधिकार र जिम्मेवारी कार्यान्वन गर्ने क्रममा अधिकार क्षेत्रको दोहोरोपनका कारण समस्या बढेका छन् । स्थानीय सरकारले साधन, श्रोत नभएको गुनासो गरिरहेका छन् । आर्थिक श्रोत पनि नभएको गुनासो गर्नुभएको छ । प्रदेशले संघ र स्थानीय सरकारको चेपुवामा परेका छौँ भन्ने गर्नुहुन्छ । त्यस्तो भन्ने छुट अब कसैलाई छैन । किनभने सबैलाई अधिकार दिइएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend