सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई–दुई वर्ष गर्ने सहमति भएको छ ।