logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • उपमहासचिव रिमालको आरोपः काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छ

    उपमहासचिव रिमालको आरोपः काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छ

    2.4K
    Shares
    उपमहासचिव रिमालको आरोपः काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छ

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन् ।

    सभामुख÷उपसभामुख र राष्ट्रपति÷उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै नेपाली काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाए ।

    सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ । उनले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुविधामा पारिदिने ढंगले अघि बढीरहेको बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दाबी गरे । उनले आफू बाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले काँग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताए । उनले काँग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए । उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बन्नुहुनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउनुभएको बताए । उनले वर्तमान सत्ता समिकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पार े।

    उपमहासचिव रिमालले भने, ‘पहिलो कुरा त हाम्रो प्रधानमन्त्रीजीले विश्वासको मत मागिरहँदा निःशर्त सबै दलहरुले समर्थन गरेको भए त्यसलाई स्वागतयोग्य नै मान्नुपर्दथ्यो । नेपाली काँग्रेसले पक्षमा मत हाल्दाखेरी उसको चाहीँ अदृश्य स्वार्थ छ भन्ने अन्दाज हुन्थ्यो । प्रतिनिधि सभामा हाम्रो पार्टीको अध्यक्षले सम्बोधन गर्दा भन्नुभएको छ–निःशर्त र निःस्वार्थ भावले गरेको हो भने स्वागत योग्य हो । तर कुनै जालझेल गर्न खोजिएको भए त्यो चाहीँ पूरा हुनेवाला छैन भन्ने शब्द प्रयोग गर्नुभयो । राजनीतिलाई गिजोल्ने विधिबाट नेपाली काँग्रेस जुन ढंगले अहिले अगाडि बढ्न खोजेको देखिन्छ, यो चाहीँ दुभाग्र्यपूर्ण हो जस्तो लाग्दछ । एउटा पक्ष त्यो हो । अर्को पक्ष के हो भने अहिलेको सत्ता समिकरणका रहेका दलहरुले संविधान नै बुझ्दैनन् जस्तो पनि नेपाली काँग्रेसले गरिरहेको छ । काँग्रेसको भित्री मनमा चाहीँ मुलतः मेरो विचारमा यो गोप्य मतदान भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा चाहीँ आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय होकि भन्ने अन्दाज गर्न सकिन्छ ।

    किनकी अहिले काँग्रेसका नेताहरुको एक किसिमको दौड हेर्दाखेरी राष्ट्रपतिको तयारी गर्ने र राष्ट्रपतिको लागि मत माग्ने । राष्ट्रिय सहमतिको सरकार भनेर एउटा नक्कली कुरा गर्ने र काँग्रेसलाई राष्ट्रपति बनाउनु प¥यो भनेर दौडीरहेको अन्दाज हुन्छ । र, प्रधानमन्त्रीलाई एक किसिमले दबाबमा राख्न पहिला हामी एउटै गठबन्धनमा काम गरेको, त्यसकारणले तपाईलाई मैले विश्वासको मत दिएर राष्ट्रिय नेताजस्तो बनाएको भन्ने खालको एक किसिमको नक्कली कुरा गर्दै प्रधानमन्त्रीलाई नैतिक संकटमा पार्न सकिन्छ कि भन्ने खेल खेल्न खोजेको जस्तो पनि देखिन्छ । राजनीतिक प्रतिष्पर्धामा चाहीँ कसले कसलाई गुण लगाउने भन्ने जस्तो हुँदैन । किनभने काँग्रेस त पहिले नै एउटा स्पष्ट छनोट थियो । उसले पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिएर उसले राष्ट्रपति सभामुख आफू लिन पनि सक्थ्यो । उसले पुष्पकमल दाहाललाई फकाएर, मनाएर प्रधानमन्त्री आफूले लिएर उहाँहरुको पार्टीलाई राष्ट्रपति दिन पनि सक्थ्यो । उसले पुष्पकमल दाहालको पार्टीलाई मन नपराएको हो भने, माओवादी केन्द्रलाई मन नपाराएको हो भने अर्को विकल्पको लागि एमाले र माओवादी माईनस गरेर सरकार बनाउन पनि उसलाई सुगमता थियो । यदी अरु दलहरुले मान्थे भने । अथवा नेपालमा स्थिरताको लागि चाहीँ नयाँ ढंगले जानुपर्छ भनेर सरकार आफूले चलाउने गरी प्रमुख प्रतिपक्ष रहने निश्चित रहेको एमालेसँग समझदारी गरेर पनि जान सक्थ्यो । त्यो कुनैपनि सरल बाटोमा हिँड्न नेपाली काँग्रेसले रुचि देखाएन । र, उसले जुन दिन संयुक्त सरकारका लागि प्रधानमन्त्रीको दाबी गर्नुपर्दथ्यो ।

    त्यसको अन्तिम समयसम्म पनि नेपाली काँग्रेसले टाइम बाई गर्ने र प्रचण्डजीलाई एक प्रकारले झुलाएर मात्रै राख्ने काम ग¥यो । त्यसपछि राजनीतिले नयाँ कोर्ष लियो, नयाँ समिकरण बन्यो । यो समिकरणमा स्थिरता दिनुपर्छ र अर्थतन्त्रलाई सुधार गर्नुपर्छ र सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा सात दलीय समिकरण बनेको छ । र, यसमा कसरी भाँजो हाल्न सकिएला ? र, यो समिकरण भित्र रहेका दलहरुको बीचमा संशय कसरी पैदा गर्न सकिन्छ ? भन्ने हिसावले अहिले चलेको जस्तो देखिन्छ । जहाँसम्म ५ गतेको सभामुखको निर्वाचन छ । त्यो रेकर्ड भोटमा जाने भएकाले उहाँहरुले सोचेजस्तो केही पनि हुन्छ जस्तो लाग्दैन । त्यसमा समिकरणमा जुन हिसावको सल्लाह भएको हो प्रधानमन्त्रीको दल र हाम्रो पार्टीको बीचमा । त्यही हिसावले नेकपा एमालेको तर्फबाट उम्मेदवार हुन्छ । र, त्यही उम्मेदवारले प्रतिनिधि सभाको सभामुख जित्नुहुन्छ । त्यसपछि पनि अरु एक, डेढ महिना बाँकी रहन्छन् । र, त्यसमा पनि फेरि पनि संशय पैदा गरिदिने र खासगरी कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई चाहीँ एक ढंगले दुविधामा पारिदिने ढंगले नेपाली काँग्रेस लागिरहेको हो जस्तो लाग्दछ । यो गलत हो ।

    यस्तो कुरामा चाहीँ भ्रममा पर्नु हँुँदैन भन्ने मलाई लाग्दछ । पर्सी ५ गते नेकपा एमालेले सत्ता साझेदार दलहरुको सहमतिमा आफ्नो उम्मेदवारी दिन्छ । र, त्यो उम्मेदवारले जित्नुहुन्छ । हामी सर्वदलीय बैठकमा सहभागी हुन्छौं । र, हामीले प्रधानमन्त्रीजीलाई पनि सजेस्ट गर्छौं कि प्रधानमन्त्रीजीले पनि सत्ता समिकरणको उम्मेदवारलाई मत दिनुहोस् भनेर अन्य दलहरुलाई मत माग्नुपर्छ । किनभने जुन दलको व्यक्ति प्रतिनिधि सभाको सभामुख भएपनि तत्काल त्यो दलको उसले पोजिशन छोड्नुपर्दछ । र, ऊ सभामुख नै भएर रहनुपर्छ । त्यो अवधि भित्र उसले दलीय हैसियत देखाएर काम गर्न मिल्दैन । नियम, कानून, संविधान अनुसार सभाको सभामुख नै भएर उसले काम गर्नुपर्दछ । उम्मेदवार एमालेको तर्फबाट जान्छ । मलाई के विश्वास छ भने हाम्रो उम्मेदवारलाई मत माग्नकै लागि सर्वदलीय बैठक बोलाउनु भएको होला । त्यही नै गर्नुहुन्छ होला ।’

    उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend