काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन् ।
सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् ।