काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त मन्त्रीहरु शपगलगत्तै पशुपतिको मन्दिरमा दर्शनका लागि प्रस्थान गरेका छन् ।
शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिको दर्शनका लागि हिँडेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पशुपतिको दर्शनपछि मन्त्रीहरु सिंहदरबारमा पदभार ग्रहणका लागि पुग्ने छन् ।