logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्छ : प्रकाश ज्वाला

    प्रधानमन्त्री दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्छ : प्रकाश ज्वाला

    1.2K
    Shares
    प्रधानमन्त्री दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्छ : प्रकाश ज्वाला

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उनले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए । उनले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताए ।

    उनले भने, ‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ । हामीले उहाँलाई समर्थन गर्नेछौँ । अब यो सभाले आफ्नो नेता पाउनेछ । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ । उहाँले राम्रो र सशक्त भुमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ । कमसेकम प्रधानमन्त्रीको पार्टीले भनेपनि मत दिनेछ । सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ ।’

    राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend