रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री गिरीले आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरे । उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ बिश्वासको मत दिएनन् ।
उनी ५८ जना प्रदेशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनले आज ५७ मत प्राप्त गरी विश्वासको मत पाएका छन् । विश्वासको मत दिने बेलामा माओवादीका एक जना सांसद अनुपस्थित भएका थिए ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत पाएका हुन् ।