logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत हो : अध्यक्ष ओली

    प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत हो : अध्यक्ष ओली

    1.6K
    Shares
    प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत हो : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएको बताएका छन् । आज (बिहीबार) संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले मानव समाजमा विभिन्न अदृश्य बन्धनहरु हुने भन्दै तिनै बन्धनबाट चल्दै आएको बताए । मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताए । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए । उनले संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनिएको भन्दै कांग्रेसले नै संयन्त्रको सुरुवात गरेको दावी गरे ।

    उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’

    संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend